काठमाडौं । भारतको व्यापारिक नगरी मुम्बई वर्षाले डुबेको छ । हैदराबादपछि महाराष्ट्रको मुम्बई र पुणेसमेत थुप्रै क्षेत्रमा बुधबार राति परेको भारी वर्षाले जलमग्न पारेको छ ।
घरभित्रसमेत पानी पसेर जनजीवन अस्तव्यस्त भएको बताइएको छ । मौसम विभागका अनुसार मुम्बई, ठाणेसमेत उत्तरी कोंकण क्षेत्रका थुप्रै स्थानमा बिहीबार समेत भारी वर्षा हुने हाइ अलर्ट जारी गरिएको छ ।
उता तेलंगानामा मंगलबार र बुधबार आएको वर्षामा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
पुणेमा ४० जनाको उद्दार भएको छ । १५ जनालाई बचाउनका लागि रेस्क्यु अपरेशन जारी राखिएको बताइएको छ ।