arrow

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

logo
प्रकाशित २०७७ असोज २९ बिहिबार
oth-ministry.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम बिहिबारपद तथा गोपनीयताको शपथ लिएका छन्। 
    
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ छन् । 

उनीहरु प्रधानमन्त्रीको सिफारिशमा बुधबार मन्त्रीमा नियुक्त भएका छन् । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति  थियो । 



लोकप्रिय समाचार
नयाँ