काठमाडौं । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको घटनाप्रति नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काङ्ग्रेस बैतडीका सचिव र नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रीय सदस्य बिष्टमाथि ढुङ्गा प्रहार भएको र ढुंगाले टाउकोमा लाग्दा सख्त घाइते भइ हाल उपचाररत छन् ।
गाउँपालिकाको केन्द्र सार्ने बिषयमा बुधबार दिनभरी छलफल भएको बिषयलाई बिनाकारण उचाल्ने र हुल हुज्जत सहित नियोजित आक्रमण गरिनु अत्यन्तै निन्दनीय घटना भएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघले उक्त घटनाका दोषीलाई हदैसम्म कार्बाहीको निम्ति जोडदार माग गर्दै गाउँपालिका अध्यक्ष बिष्ट लगायत सम्पुर्ण घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।