नेपालगञ्ज । बाँकेमा उपचाररत रुकुम पश्चिमका कोरोना संक्रमित एक पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १४ का ३३ बर्षीय पुरुषको नेपालगञ्ज मेकिडल कलेज कोहलपुरमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।
बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ गते भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।
योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।