काठमाडौं । शुत्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा उक्त मूल्य सामान्य बढेको हो । बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँका दरले रहेको थियो ।
शुक्रबार तेजावी सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँका दरले कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य बिहीबार नै कायम भएको र शुक्रबार सोहीमा कारोबार भइरहेको महासंघले जनाएको छ ।