काठमाडौं । भारतस्थित उत्तर प्रदेशको बाराबंकीमा धान काट्न गएकी १५ वर्षीया बालिकामाथि पाँच जनाको समूहले बलात्कार गरेको छ । रक्सी सेवन गरी उनीहरुले बालिकालाई खेलमै बलात्कार गरेका हुन् ।
बालिका नचिच्याओस् भन्नका लागि उनीहरुले मुख र नाक थिँचिराखेका थिए । जसका कारण सास फेर्न नपाएर पीडितको घटनास्थलमै मृत्यु भएको छ ।
यसको खुलासा पोष्टमार्टम रिपोर्टमार्फत भएको हो । बालिकाको यौनाङ्गमा चोटको चिन्ह रहेको समेत पोष्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ ।
पाँचै जना आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पुछताछ गरे पनि अझै कुनै सफलता हासिल नभएको बताएको छ ।
यो घटनापछि गाउँमा तनाव भएको छ । बिहीबार साँझ पीडित परिवारले मृतकको अन्तिम संस्कार गरेको छ ।
बुधबार साँझखेतमा घाँस काटिरहेकी बालिकामाथि बलात्कार भएको हो । घटनास्थलमा रक्सीका तीन बोतल पनि भेटिएको प्रहरीले बताएको छ ।
प्रभारी एसपी आरएस गौतमका अनुसार बुधबार बेलुकी मृतक बालिकाको शव धाने खेतमा भेटिएको थियो । उक्त घटनापछि एफआईआरमा हत्यासँगै दुष्कर्मको धारा पनि बढाइएको छ ।