arrow

हुम्लामा चीनसँगको सीमा मिचिएको बिषयमा छानविन गर्न डा कोइरालाको माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
shekhar2.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चीनसँगको सीमा क्षेत्रमा भूमि मिचिएको विषयमा तुरुन्त विज्ञहरुको टोलि खटाएर सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै हुम्लास्थित नेपाली भूमि मिचिएको विषयमा छानविन गरेर तथ्य सार्वजनिक गर्न माग गरेका हुन्।

कोइरालाले लेखेका छन्, ‘यस सम्बन्धमा तुरुन्त विज्ञहरुको टोलि खटाई सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।’ कर्णाली प्रदेशको हुम्ला जिल्लाको सीमा क्षेत्रमा पुगेर स्थलगत अध्ययन गरेर फर्किएको नेपाली टोलीबाट नेपाली भूमि अतिक्रमण भएको जानकारी पाएको भन्दै कोइरालाले नेपाली भूमि मिचिनु गम्भीर विषय भएको बताएका हुन्।

कोइरालाले लेखेका छन्, ‘हालै कर्णाली प्रदेशको हुम्ला जिल्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका पार्टीका साथीहरूबाट नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाँए। यो गम्भीर विषय हो। यस सम्बन्धमा तुरुन्त बिज्ञहरुको टोली खटाई सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।’



लोकप्रिय समाचार
नयाँ