काठमाडौं । नेपालमा थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयले गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त सँख्यामा कोरोना पुष्टि भएको हो । संक्रमितको उक्त सँख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल सँख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । सोमध्ये ८८ हजार ४० जना संक्रमणमुक्त भइसकेका छन् ।
हाल ३७ हजार ३ सय ८२ जना कोरोनाका सक्रिया संक्रमित रहेका स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृतक उक्त सँख्यासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सँख्या ७ सय १५ पुगेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।