कोरोनाको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधिको आयातमा अनुमति
रासस,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
172
Shares
काठमाडौ। सरकारले कोरोना भाइरस (कोभिड-१९) को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी छन्।
उनका अनुसार नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको छ।
नेपालमा कोभिड १९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्र्दभमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डिेसिभिर नामक औाषधि प्रयोगमा ल्याएको छ।