काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमितहरु उत्कर्षमा पुगेका छन् । एकैदिन शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । शुक्रबार एकैदिन मात्रै ४ लाख १२ हजार ९१७ जना संक्रमित थपिएका हुन् ।
बिहीबार त्यो दिनसम्मकै अहिलेसम्मकै बढी ३ लाख ९८ हजार ६०९ जना संक्रमित भेटिएका थिए । यसअघि बुधबार त्यो दिनसम्मकै सबैभन्दा बढी ३ लाख ८२ हजार १३८ जना संक्रति थपिएका थिए ।
जाडो मौसम बढ्दै जाँदा यो संख्यामा अझै बढोत्तरी हुने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । निरन्तर यसरी संक्रमित बढ्दै जाँदा विश्वलाई नै थप चिन्तित बनाएको छ ।
युरोपेली राष्ट्रहरुमा पुनः संक्रमित बढिरहेका छन् । संक्रमणमुक्त भएकाहरुको रोगसमेत बल्झिएको छ ।
शुक्रबार सबैभन्दा बढी अमेरिकामा ७१ हजार ६८७ जना संक्रमित थपिए । लामो समयपछि लगातार दोस्रो दिन अमेरिकाले भारतलाई उछिनेको हो । निरन्तर भारतले उछिन्दै आएकोमा शुक्रबार ६५ हजार १२६ जना संक्रति थपिए ।
त्यस्तै फ्रान्समा २५ हजार ८६, ब्रजिलमा ३० हजार ५७४, बेलायतमा १५हजार ६५०, अर्जेन्टिनामा १६ हजार ५४६, रुसमा १५ हजार १५० र स्पेनमा १३ हजार ३१८ जना थपिए ।
बेल्जियममा १० हजार ४४८, इटालीमा १० हजार १०, कोलम्बियामा ८ हजार ३७२, जर्मनीमा ७ हजार ९७६ र विश्वकै ३६ औं स्थानमा आएको नेपालमा शुक्रबार ४ हजार ३९२ जना संक्रमित थपिए ।
विश्वभर अहिलेसम्म ३ करोड ९५ लाख ७३ हजार ४३ जना संक्रमित भएका छन् । ११ लाख ९ हजार ७० जनाको ज्यान गइसकेको छ भने २ करोड ९६ लाख ५३ हजार ४३४ जना कोरोनामुक्त भएका छन् ।