काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा एक हजार ७ सय ४६ सहित देशभर तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।काठमाडौँमा एक हजार ४ सय ५१, ललितपुरमा एक सय ५२ र भक्तपुरमा एक सय ४३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा १५ हजार ४ सय ३८ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो। नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख २९ हजार ३ सय ४ पुगेको छ। हालसम्म १२ लाख ६९ हजार ६ सय ५ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार २५ हजार ३ सय ४८ सङ्क्रमित होम आइसोलेसन र १३ हजार २ सय ९९ सङ्क्रमित संस्थागत आइसोलेसनमा छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७ सय ३७ पुगेको छ। सङ्क्रमितमध्ये २ सय ९० जनाको आइसियू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा एक हजार ८ सय जना कोरोना मुक्त भएका छन्। यससँगै नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या ८९ हजार ८ यस ४० पुगेको छ। जुन कूल सङ्क्रमितको ६९.४ प्रतिशत हो।
मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन्। कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७ सय २७ पुगेको छ।