नेपालगञ्ज । बाँकेमा उपचाररत बर्दियाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का ४२ वर्षीय पुरुषको आइतबार बिहान ३ बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
स्वास्थ्यमा समस्या देखिएपछि असोज १४ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनमा असोज १६ गते कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था झन जटिल बन्दै गएपछि उनलाई असोज २७ गते थप सुविधाका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
योसंगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।