arrow

बिहार चुनावः विजयी भए नीतिश कुमार नै मूख्यमन्त्री– अमित शाह

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
modi-nitish-kumar.jpg

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले बिहारको चुनावमा सफलता हासिल गरे नीतिश कुमार नै मूख्यमन्त्री बन्ने बताएका छन् । शनिबार दिएको एक अन्तर्वार्तामा शाहले नीतिश कुमार नै मूख्यमन्त्री हुने बताएका हुन् । 

न्यू च्यानल नेटवर्क १८ लाई दिएको अन्तर्वार्तामा शाहले भने, ‘जबदेखि बिहारमा नीतिश कुमारको साथमा हाम्रो सरकार बन्यो तबदेखि बीजेपीले तय गरेको छ कि बिहार बिधानसभा २०२० को चुनाव नीतिश कुमारको नेतृत्वमै लड्ने छौं । जसले कुनै किसिमको भ्रान्ति फैलाउन चाहेको छ उसमाथि फुलस्टप लगाएको छु ।’

शाह कोरोना संक्रमणबाट ठीक भएपछि पहिलो पटक सार्वजनिक हुँदै यसबारेमा बयान दिएका हुन् । 

यदि बिहार विधानसभा चुनावमा बीजेपीलाई धेरै सिट हासिल भयो भने के हुन्छ भन्ने प्रश्नमा उनले स्पष्ट पार्दै भने, ‘एनडीएलाई दुई तिहाई बहुमत हासिल हुँदैछ र नीतिश कुमार नै मुख्यमन्त्री बन्नेछन् ।’



लोकप्रिय समाचार
नयाँ