arrow

दशैंमा खसीबोकाः काठमाडौंमा बढेन माग, सामान्य अवस्थाको जस्तै हुने व्यवसायीकाे आँकलन

स्वस्थ खसी खसरी चिन्ने?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २ आइतबार
goat.jpeg

काठमाडौं । विगतमा दशैंका लागि काठमाडौंमा खसी बोकाको माग करिब ५० प्रतिशतले बढ्दै आएकोमा यस वर्षको दशैंमा खासै माग नबढ्ने भएको छ । कोरोना महामारीका कारण अधिकांश मानिस पहिले देखि नै गाउँ गएका र काठमाडौंमा समेत खासै चहल पहल नभएकाले माग धेरै बढ्ने आँकलन व्यवसायीहरुले गरेका हुन् । काठमाडौंको ठुलो खसीबोका बजारका रुपमा लिइने कलंकी खसी बजारका व्यवसायीले काठमाडौंमा खासै खसी बोकोको माग नबढ्ने आँकलन गरिएको बताए ।

कलंकी खसी बजारका चौपाया खरिद विक्री प्रालिका अध्यक्ष जनककुमार खड्काले यस वर्ष दशैंमा पनि समान्य अवस्थाको जस्तै खसी बोकाको माग रहने आँक्लन गरिएको बताए । उनका अनुसार कलंकी खसी बजारबाट सामान्य अवस्थामा मासिक औषत ४० हजार खसी बोका बिक्री हुने गरेको छन् । दशैंमा पनि सोही अवस्थामा माग रहने आँकलन गरिएको खड्काले बताए । ‘खसी बोका, भेडा च्याङ्ग्राको माग कति हुन्छ भन्ने कुरा ठ्याक्कै अनुमान गर्न सकिएको छैन’ उनले भने, ‘त्यस्तै ४० हजार चौपायाको माग हुन्छ कि भन्ने हाम्रो अनुमान हो ।'

प्रत्येक वर्ष दशैंमा कलंकी खसी बजारबाट औसत ५० देखि ६० हजार चौपाया बिक्री हुने गरेको र महामारीले कति मानिस उपत्यका बाहिर गए? कति जान्छन्? दशैं कसरी मनाउँछन्? भन्न सक्ने अवस्था नभएकाले चौपायाको खरिद बिक्री अनुमान गर्न नसकिने खडकाको भनाई थियो ।

महानगरले थाल्यो खसी बोकाको स्वास्थ्य जाँच
यसैबीच काठमाडौं महानगरपालिकाले विभिन्न चौपाया बजारमा भित्रिने खसी बोकाको स्वास्थ्य जाँच थालेको छ । महानगरपालिकाले तीन वटा टोली परिचाल गर्दै खसी बोकाको स्वास्थ जाँच थालिएको बताएको हो । स्वास्थ जाँच गरी महानगरपालिकाको टोलीहरुले स्वास्थ चौपायाको सिङमा हरियो लगाउने गरेको महानगरपालिका पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले बताए । ‘स्वस्थ चौपायाको सिङमा हरियो रङ लगाइन्छ’ उनले भने, ‘त्यसैले उपभोक्ताले हरियो रङको मात्रै खरिद गर्न आग्रह गर्दछौं ।’

दशैं पर्वमा खानका लागि प्रयोग हुने मासुजन्य वस्तुलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन महानगरपालिकाले तीन वटा टोली खटाएर आवश्यक जाँच गरिरहेको झाको भनाई थियो ।
उनका अनुसार महानगरले डा. पूजा खनाल, डा. अञ्जिरमान सिंह डंगोल र डम्मरबहादुर बमको नेतृत्वमा तीन वटा टोली बनाएर खसी बोका, च्याङ्गा्र लगायतका चौपाया जाँचका खटाइएको छ ।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने बजारमा मात्रै जाँच गर्ने पनि स्पष्ट पारेको छ ।



लोकप्रिय समाचार
नयाँ