arrow

दार्चुलामा १७ किलो यार्सासहित एक जना पक्राउ

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
yarsagumba.jpg

दार्चुला । दार्चुलामा १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सदरमुकाम खलंगाको घाट बजारबाट शनिवार दिउँसो ३ बजेतिर हुम्ला जिल्ला नाम्खा गाउँपालिका–३ का ३५ वर्षीय डोकार लामालाई अवैध यार्सागुम्बा सहित पक्राउ गरिएको  हो ।

झोला बोकी हिडिरहेका लामा माथि शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट उक्त संख्यामा रहेको अवैध यार्सागुम्बा बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । लामाको साथमा रहेको झोला प्रहरीले बरामद गर्दा रातो प्लाष्टिकमा बेरेर राखेको अवस्थामा यार्सागुम्बा भेट्टीएको उनले बताए ।

अवैध यार्सागुम्बा सहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय दार्चुलालाई बुझाएको प्रहरी निरीक्षक चन्दले बताए । लामासँग यार्सा संकलन, निकासी तथा छोडपुर्जी कुनै पनि  भेटिएको छैन् ।



लोकप्रिय समाचार
नयाँ