काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा सोह्र सय अन्ठानब्बे सहित देशभर उनन्तीस सय बयालीस जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसागै नेपालमा कूल संक्रमितको सङ्ख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप २३ सय २६ जना कोरोना मुक्त भएका छन्। यससँगै नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या ९२ हजार १६६ पुगेको छ।
मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौँमा ५०० बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा सक्रिय संक्रमित छैनन्।
कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३९ पुगेको छ।