arrow

चरम गरीबीमा बित्यो ओमपुरीको बाल्यावस्था, भविष्यवाणी गरे जस्तै घरमै भेटियो शव

चिया पसलमा भाँडा माझ्थे ओमपुरी

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
Om-Puri-Indian.jpg

काठमाडौं । बलिउडदेखि हलिउडसम्म दमदार अभिनयका लागि परिचित ओम पुरी आज यस संसारमा छैनन् । १८ अक्टुबर सन् १९५० पटियालामा जन्मिएका ओमपुरीको पूरा नाम ओम राजेश पुरी थियो। उनको तीन बर्ष अघि २०१७ मा मृत्यु भयो । पंजाबी परिवारमा जन्मेका ओमपुरीका बुबा भारतीय रेलमा काम गर्थे। ओम पुरी एक महान अभिनेताका साथसाथै एक असाधारण व्यक्ति थिए ।

ओम पुरीले आफ्नो फिल्मी करियर मराठी फिल्म घासीराम कोतवालबाट शुरू गरे। उनी १९८३ को अर्ध सत्य फिल्मबाट  सार्वजनिक रूपमा आएका थिए। ओम  ६ वर्षको उमेरमा चिया पसलहरूमा चियाका भाँडा माझ्थे। तर अभिनयको जोशले उनलाई नेशनल स्कूल अफ ड्रामामा पुर्‍यायो। १९८८ मा, दूरदर्शनको प्रसिद्ध टिभी श्रृंखला 'भारत एक खोज' मा ओम पुरीले कयौ भूमिका खेले जसलाई दर्शकहरूले धेरै मन पराए । 

बीबीसीसँगको अन्तर्वार्तामा ओम पुरीले उनको मृत्युको बारेमा कुरा गरेका थिए ।  उनको मृत्यु अचानक हुने भविष्यवाणी गरेका थिए । मार्च २०१५ मा लिइएको सो अन्तर्वार्तामा उनले भने, "तपाईंलाई मेरो मृत्युको बारेमा समेत थाहा हुनेछैन। सुतेको ठाँउमा (मेरो निधनको बारेमा) तपाईलाई थाहा हुनेछ कि ओम पुरीको हिजो बिहान ७ बजेर २२ बजे निधन भयो " र उनी यसो भन्दै हाँसेका थिए। 

उनको मृत्यु पनि यस्तै भयो । ओम पुरीको शव उनको घरमा नांगो अवस्थामा फेला परेको थियो। हार्टअट्याकलाई उनको मृत्युको कारण भनिएको थियो।

ओम पुरीकी दोस्रो पत्नी नंदिता पुरीद्वारा लिखित उनकी जीवनी  'अनलाइकली हीरो : द स्टोरी अफ ओम पुरी'  जब २००९ मा छापिएको थियो तब यसले ओम पुरीको व्यक्तिगत जीवनमा हलचल मचायो। उनको धेरै महिलाहरुसंग सम्बन्ध रहेको  पुस्तकमा उल्लेख थियो। सो समयमा नन्दिताले यी चीजहरूबारे सार्वजनीक गरेर  आफ्नो छवि आफ्ना प्रियजनहरूमाझ झारिदिएको ओम पुरीले बताएका थिए ।

ओमपुरी 'मिर्च मसाला', 'जाने भी दो यारो', 'चाची ४२०', 'हेराफेरी', 'मालामाल विकली' जस्ता कयौ फिल्महरूमा  फरक चरित्रहरूमा देखा परेका छन्। अर्ध सत्यमा उनको दमदार प्रदर्शनका लागि उनलाई भारतको राष्ट्रिय पुरस्कारबाट सम्मानित गरियो। ओम पुरीको बाल्यकाल गरिबीमा बित्यो र लामो संघर्ष पछि उनले यो सफलता हासिल गरेका थिए।



लोकप्रिय समाचार
नयाँ