काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कोरोना भाइरसको महामारीका बेलामा जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यवसायीलाई कार्वाही गर्नुको सट्टा कानुन चुप लागेर बसेकोप्रति आपत्ति जनाएका छन् ।
सामाजिक संजालमा उनले आक्रोश व्यक्त गर्दै कानुलले हात बाँधेर बस्ने ? भन्दै प्रश्न गरेका छन् । डा. भण्डारीले कोरोनाको महामारीका बेलामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जनतामाथि खेलबाड गर्ने क्रममा व्यवसायीहरु गैरजिम्मेवार बनेको समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘कोरोनाको महामारी !!! जनतालाई पौष्टिक खानाको आवश्यकता । यस अवस्थामा नेपालका जिम्मेवार ब्यवसायी सडेका खाद्यसामग्री नयाँ लेवल लगाएर बजारमा ल्याएका छन् । शारीरिक रुपले कमजोर बनेका जनतासंग यस्तो खेलबाड ? विदेशबाट सडेका खाद्यसामग्री नेपालमा कसरी भित्रन्छन् ? जिम्मेवार प्राप्त निकाय के गर्दै छन् ? जनताका लागि जिउँदा लासहरु पैसाका लागि जे पनि गर्ने ? कानुनले हात बाँधेर बस्ने ?’