arrow

केपी शर्मा ओलीमा संविधानप्रतिको पूर्ण निरक्षता प्रकटः दिनेश त्रिपाठी 

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
dinesh-tripathi.jpg

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं राजनीतिक विश्लेषण दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीमा आफूले शपथ खाएको संविधानप्रतिको पूर्ण निरक्षरता प्रकट भएको आरोप लगाएका छन् । 

सामाजिक संजाल फेसबुकमार्फत उनले प्रदेशलाई केन्द्रको इकाई बताएको भन्दै संविधानको ठाडो उल्लंघन गरेको बताएका हुन् । उनले भनेका छन्, ‘संविधानले नै तीन तहको सरकारको परिकल्पना गरेर तीन वटै तहको अधिकार परिभाषित गरेको छ । संघ, प्रदेश तथा  स्थानीय सरकारहरूले प्रत्यक्ष रूपमा संविधानबाट नै शक्ति ग्रहण गर्दछन् ।’

उनले थप स्पष्ट पार्दै लेखेका छन्, ‘प्रदेश तथा स्थानीय सरकारहरुले पनि संविधानबाट नै शक्ति ग्रहण गर्ने हो न कि संघीय सरकारको निगाहबाट । तर प्रधानमंत्रीज्यूको अभिव्यक्ति संविधानको आधारभूत मूल्य र मान्यताको विरुद्ध रहेको छ ।’

वरिष्ठ अधिवक्ता त्रिपाठीले ‘संघीय प्रणालीको सफलताको आधार भनेको  एकातिर शक्तिसम्पन्न स्थानीय तथा प्रदेश  सरकार हो भने  अर्कोतिर प्रभावकारी संघीय सरकार हो । तर संविधानको रक्षाको शपथ खानु भएको प्रधानमन्त्रीज्यूमा सामान्य  संवैधानिक साक्षरताको पनि अभाव देखियो’ भनेका छन् । 

उनी अगाडि लेख्छन्, ‘वहाँको अभिव्यक्ति तथा कार्यशैली हेर्दा यो मूलकमा एउटा लिखित संविधान छ र सरकारको लागि यसका प्रावधानहरु बन्धनकारी हुने गर्दछ भन्ने सामान्य हेक्का पनि उहाँमा देखिँदैन ।



लोकप्रिय समाचार
नयाँ