arrow

महामारी नियन्त्रणमा विफल सरकार जनताप्रति गैरजिम्मेवार भयो –विमलेन्द्र निधि

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
bimalendra-nidhi.png

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कोरोना भाइरसको महामारी नियन्त्रणमा केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपले असफल भएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत सरकार जनताप्रति उदासिन र गैरजिम्मेवारसमेत बन्दै गएको बताएका छन् । 

कोरोनाको परीक्षण र उपचारको दायित्वबाटसमेत सरकार पन्छिएको भन्दै नेता निधिले संविधानको मौलिक हक सम्बन्धी व्यवस्था र संविधानले नै जनताको जीउ, धन र स्वास्थ्य सम्बन्धी सुरक्षाको दायित्व सरकारको भएको उल्लेख गरेको समेत स्पष्ट पारेका छन् । 

निधिले त्यसका लागि यदि विनियोजित बजेटले नभ्याएको खण्डमा बजेटको अरु शीर्षक र अन्य क्षेत्रबाट कटाएर भएपनि जनताको स्वास्थ्य सुरक्षा गर्नु पर्नेमा जोड दिँदै ‘यो सरकार त्यसबाट पनि च्यूत भयो’ भनेका छन् । 

उनले लेखेका छन्, ‘महामारी नियन्त्रणमा पूर्णरुपमा विफल भएको सरकार जनतप्रति उदासिन र गैरजिम्मेवार बन्दै परिक्षण र उपचारको दायित्वबाट पन्छियो। संविधानको मौलिक हक सम्बन्धी व्यवस्था र संविधानले नै जनताको जीउ, धान र स्वास्थ्य सम्बन्धी सुरक्षाको दायित्व सरकारको हो। जनताको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व हो जसका लागि यदि विनियोजित बजेटले नभ्याएको खण्डमा बजेटको अरु शीर्षक र अन्य क्षेत्रबाट कटाएर भएपनि जनताको स्वास्थ्य सुरक्षा गर्नु पर्नेमा यो सरकार त्यसबाट पनि च्यूत भयो ।



लोकप्रिय समाचार
नयाँ