काठमाडौं । बलिउड अभिनेता शाहरुख खान, सनी देवल र अभिनेत्री जुही चावलाको ‘डर’ फिल्म त्यतिबेला निकै चर्चित बनेको थियो । सो फिल्मले शाहरुख खानको फिल्मी करियरलाई अघि बढ्न सहयोग गरेको थियो । तर, यो फिल्मले शाहरुख र देवलको बीचमा लडाइँको अवस्था उत्पन्न गरेको थियो । यो फिल्मपछि सनी देवलले शाहरुख खानसँग बोल्न छाडेका थिए । सोमबार सनी देवलको ६४ औँ जन्मदिन हो ।
सनीले फिल्ममा भिलेनलाई धेरै महत्व दिइएको उनको आरोप थियो । आफूलाई निर्देशकले भिलेनलाई यति धेरै महत्व दिन्छन् भन्ने कुरा थाहा नभएको बताएका थिए । त्यतिबेला सनी देवल ठूला स्टार थिए । यसकारण यश चोपडाले राहुल मेहरा र सुनील मल्होत्रामध्ये एउटा भूमिका चयन गर्न प्रस्ताव गरेका थिए । यस्तोमा सनीले सकारात्मक भूमिका चयन गरेका थिए ।
उनले अन्तर्वार्तामा आफूलाई सकारात्मक भूमिकालाई महत्व दिने अपेक्षा रहेको बताए । उनले आफूलाई फिल्ममा धोका भएको कारण आफूले त्यसपछि यशराजसँग कहिल्यै पनि काम नगरेको बताए ।
‘डर’ फिल्मको शुटिङको क्रममा एक सीनमा शाहरुखले सनी देवललाई चक्कु प्रहार गर्नुपर्ने हुन्थ्यो । फिल्मको स्क्रिप्ट नै यो थियो । तर, यस विषयमा सनी देवल र यशकुमारको बीचमा निकै विवाद भएको थियो ।
सनीले सामान्य मानिसले फिल्मको प्रमुख कमाण्डोलाई चक्कु हान्छ भने त्यसो औचित्यको विषयमा पनि प्रश्न उठाएका थिए । तर, निर्देशकका अनुसार सीन गर्नुपर्ने भयो । यो घटनापछि सनी देवल निकै रिसाएका थिए ।
१६ बर्षपछि सनी देवलले आफ्नो सन् १९९३ को ब्लकबस्टर फिल्म 'दामिनी' को रीमेक निर्माण गर्न चाहे । सनी देवलले आफ्नो छोरा करण देवललाई फिल्मको मुख्य भूमिकामा लिन चाहेका थिए।
तर फिल्मका सबै अधिकारहरू शाहरुखको कम्पनी रेड चिलीज एन्टरटेन्मेन्टमा थियो। भारतीय सञ्चारमाध्यमका अनुसार यस्तो अवस्थामा शाहरुखले आफ्नो फिल्मको अधिकार सनी देवललाई दिएका छन्, त्यो पनि बर्षौदेखिको दुश्मनी सिध्याउदै । बर्षौदेखिको चलेको सनी देवल र शाहरुख खान बीचको खटपट यसैबाट सकिएको थेरैको बुझाइ छ।
देवल भारतको तल्लो सदन लोकसभाको सांसद हुन् । भाजपाबाट उम्मेदवार बनेका देवलले पञ्जावको गुरदासपुरबाट सांसद जितेका थिए।