arrow

दशैँभत्ता फिर्ता गर्न सबैलाई पत्राचार गरिने

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
nepali-congress-flag.jpg.jpeg

 काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।   

कांग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ संक्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि सोमबार बिहान निर्देशन दिएका हुन्।  

कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गर्ने गरी सभापति देउवाले दिएको निर्देशनबमोजिम सोमबारै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

 प्रमुख सचेतक खाँणले कोरोना संक्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताए । उनले यस्तो सङ्कटका अवस्थामा कोरोना संक्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।



लोकप्रिय समाचार
नयाँ