काठमाडौं । लोक सेवा आयोगले परीक्षाको कार्यक्रम स्थगित गरेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण आयोगले कात्तिक १६ गतेदेखि गर्ने भनेको सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको हो ।
आयोगले सोमबार सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको छ।