arrow

सोमबार सैंतीस सय नब्बे संक्रमित थप, अठार जनाले गुमाए ज्यान

काठमाडौँ उपत्यकामा थप तेइस सय अठासी संक्रमित

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
corona-nepal-ministry.JPG

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप सैंतीस सय नब्बे जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको सङ्ख्या ४० हजार ७७८ रहेको जानकारी दिए । जम्मा संक्रमित १ लाख ३६ हजार ३६ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप तेइस सय अठासी जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल सङ्ख्या ९४ हजार ५०१ पुगेको छ । नेपालमा जम्मा संक्रमितमध्ये निको हुने दर ६९ दशमलब ५ प्रतिशत रहेको छ ।  पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार  ७१४ नमूना परीक्षण गरिएकोमा हालसम्म १३ लाख ९ सय १८ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार चार सय ७०  छ । 

संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको  प्रवक्ता डा गौतमले जानकारी दिए ।  

प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय संक्रमित क्रमशः १ मा एक हजार पाँच सय ३४ , २ मा ७१३, वाग्मतीमा सात हजार ८५५, गण्डकीमा ९९०, लुम्बिनीमा एक हजार ८२०, कर्णालीमा ४५३ र सुदूरपश्चिममा ५३६ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा चार हजार २३२ , २ मा दुई ७३५ , वाग्मतीमा १७ हजार २२५ , गण्डकीमा ९२५ , लुम्बिनीमा ४२०, कर्णालीमा ८०७ र सुदूरपश्चिममा  ५८३ छन् । 

देशभर २८२ जना  सघन उपचार कक्षमा उपचाररत छन् । प्रदेश १ मा ३० , २ मा १३, वाग्मतीमा १५३, गण्डकीमा २०, लुम्बिनीमा ५१ , कर्णालीमा ७  र   सुदूरपश्चिममा ८ जना  छन् । त्यसैगरी ६३  संक्रमित भेण्टिलेटरमा छन् । 

सोमबारसम्म बाह्र जिल्लामा संक्रमित पाँच सयभन्दा बढी छन् भने एक मात्र जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, मकवानपुर, कास्की, दाङ, बाँके,सुर्खेत, रुपन्देही छन् ।त्यस्तै हाल संक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा  मुस्ताङ हो । 

पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान  गुमाएको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७५७ पुगेको छ ।  



लोकप्रिय समाचार
नयाँ