काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमित दिनानुदिन घट्दै गइरहेका छन् । कुनै समय १० लाख २० हजार भन्दा बढी कोरोनाका सक्रिय रहेका भए पनि अहिले घटेर मंगलबार बिहानसम्म ७ लाख ४७ हजार ६२२ पुगेका छन् ।
सोमबार ४५ हजार ४९० जना संक्रमित थपिँदा ६९ हजार ८०० जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म संक्रमितको संख्या ७५ लाख ९४ हजार ७३६ पुगेको छ ।
कोरोनामुक्त हुनेको संख्या ६७ लाख ३० हजार ६१७ पुगेको छ । सोमबार ५८९ जनाको ज्यान गयो । हालसम्म ज्यान गुमाउनेको संख्या १ लाख १५ हजार २३६ पुगेको छ ।