रंगेली । कोरोनाको संक्रमण समुदाय स्तरमै फैलिरहेको अवस्थामा सरकार संक्रमितहरुको स्वास्थ्य उपचारको जिम्मेवारीबाट पछि हटिरहँदा मोरङ्ग क्षेत्र नं २ का नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले निःशुल्क मास्क वितरण अभियान थालेका छन् ।
रिजालले आफनो निर्वाचन क्षेत्रका २० हजार जनतालाई निःशुल्क मास्क वितरण थालेका हुन् । कोरोनाको पहिलो चरणको जोखिमको अवस्थामा आफ्नो निर्वाचन क्षेत्रका जनतालाई काठमाडौंमा समस्या पर्दा राहत उपलब्ध गराउँदै जिम्मेवारी देखाएका डा रिजालले पछिल्लो समय निःशुल्क मास्क वितरण थालेका हुन् ।
सरकारले नागरिकको स्वास्थ्य उपचारमा ध्यान दिनुपर्नेमा सरकार जिम्मेवारीबाट पन्छिदै गएको भन्दै डा रिजालले भने, ‘मास्कको प्रयोगले केही हदसम्म भए पनि संक्रमण फैलिनबाट जोगाउँछ र मैले आफ्नो स्तरबाट विपन्न परिवारका सदस्यहरुलाई २० हजार मास्क वितरण थालेको हुँ ।’
मोरङ्ग क्षेत्र नं २ मा अहिले सांसद डा रिजालले उपलब्ध गराएको मास्क वितरण भइरहेको स्वकीय विकास सिवाकोटीले जानकारी दिए ।
हाल रंगेली, रतुवामाई, सुनवर्षि, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका सहित क्षेत्रका २९ वडाहरुमा वडा प्रतिनिधिहरु मार्फत मास्क वितरण भइरहेको छ ।