arrow

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट ६६ जनाको मृत्यु  

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
corona-killed-final.jpg

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।  इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो । 

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई भोलिपल्ट अस्पताल भर्ना गरिएको जानकारी दिए । नियमानुसार शव व्यवस्थापन भइरहेको छ । 

यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ । 

दुुई सय सङ्क्रमित थप
धरान उपमहानगरपालिकामा बिहान २०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार एन्फा क्वारेन्टिन र बिपी प्रतिष्ठानमा स्वाब सङ्कलन भएकामध्ये तिनीहरुमा पोजेटिभ देखिएको उपमहानगरपालिका, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

यससँगै धरानमा सङ्क्रमितको  सङ्ख्या दुई हजार २१३ पुगेको बताइएको छ ।



लोकप्रिय समाचार
नयाँ