arrow

संसद बैठक बोलाउन माग गर्न सभापति देउवालाई धनराज गुरुङको आग्रह

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
dhanaraj-gurung.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले जनताप्रति जवाफहीन र कर्तव्य विरुख तथा भ्रष्ट सरकारलाई जनताप्रति जवाफदेही बनाउन संसद बैठक आव्हानको माग गरेका छन् । 

सामाजिक संजाल ट्वीटरमा कांग्रेस सभापति शेरबहादुर देउवालाई संवोधन गर्दैै लाचार सरकारलाई जवाफदेही बनाउनका लागि संविधानको धारा ९३ (३) बमोजिम संसद बैठकको लागि माग गर्न आग्रह समेत गरेका छन् । 

यस्तो छ कांग्रेस सभापति देउवालाई संवोधन गरेर नेता गुरुङले ट्वीटरमा लेखेको आव्हान पत्र
‘आदरणीय सभापति @DeubaSherbdr ज्यु ! जनता प्रति जवाफदेहिताहीन, कर्तव्य विमुख, लाचार, भ्रष्ट सरकारलाई जनता प्रति जवाफदेही बनाउन र कर्तव्यबोध गराउन संसदको बैठक आबश्यक छ। संबिधानको धारा ९३ ९३० बमोजिम संसदको बैठकको लागि माग गरौं।’



लोकप्रिय समाचार
नयाँ