arrow

कांग्रेस नेता उदय शमशेर राणाद्धारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्य र दीर्घायुको कामना 

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
udaya_samser_rana.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री उदय शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य र दीर्घायुको कामना व्यक्त गरेका छन् । सामाजिक संजालमा फेसबुकमा प्रधानमन्त्री ओलीलाई सम्वोधन गर्दै उनले स्वास्थ्य र दीर्घायुको कामना व्यक्त गरेका हुन् । 

उनले ओलीलाई सम्भवतः अब पछि प्रधानमन्त्री नहुने उल्लेख गर्दै दलको नेतृत्वमा पनि नआउने बताएका छन् । सायद त्यसैले तपाईलाई देश र जनताको पनि माया छैन भन्दै नेता राणाले ‘एकको अन्त्य नै लोकको अन्त्य नहुनेसमेत सचेत गराएका छन् । 

यसो लेखेका छन् उनले सामाजिक संजालमा
‘सम्माननीय @kpsharmaoli ज्यू। संभवतः तपाई यसपछि प्रम पनि बन्नुहुन्न, दलको नेतृत्वमा पनि आउनुहुन्न। सायद त्येसैले होला तपाईलाई देश र जनताको माया नै छैन्। तर कृपया यो याद राख्नुहोला कि, एकको अन्त्य नै लोकको अन्त्य हैन। स्वास्थ्य र दिर्घायुको कामना।’



लोकप्रिय समाचार
नयाँ