arrow

असई मृत भेटिएकै क्षेत्रमा फेला पर्‍यो वेपत्ता प्रहरी जवानको पनि शव

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
gobinda-bk.jpg

धनगढी । कैलालीको जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत जवान साउँदको शव पनि इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले प्रहरी जवान साउँदको शव मोहना नदीमा भेटिएको बताए।

उनले प्रहरी सहायक निरिक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिए ।

अहिले घटना स्थल मुचुल्का बनाउने काम भइरहेकाले शव नदीबाट निकालिएको छैन् ।

गत शनिबार प्रहरी सहायक निरिक्षक बिकसँगै प्रज साउद पनि गस्तीमा खटिएका बेला वेपत्ता भएका थिए ।

विक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएका छन्।

 उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको र पछि असईको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ ।



लोकप्रिय समाचार
नयाँ