मेलम्ची। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं ११ मा नेकपा तथा राप्रपा परित्याग गरि ११५ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छ्न् । नवप्रवेशीहरुलाई नेपाली कांग्रेस जिल्ला सभापति बिकास लामा र प्रदेश सभा ख का सांसद निमा लामा र क्षेत्रीय सभापति आइतमान तामाङले खादा र अविर लगाई पार्टीमा स्वागत गरेका थिए ।
नगरले बिकास निर्माणमा उपेक्षा गरेको र जनप्रतिनिधिहरुले आफ्नो गुनासो नसुन्ने गरेका कारण कम्युनिस्टको झुटको खेतीबाट आजित भएर नेपाली कांग्रेसमा प्रवेश गरेको नवप्रबेशीहरुको भनाई छ । जनताको बिकास अब नेपाली कांग्रेसले मात्र गर्ने रहेछ भन्ने बुझेपछि नेपाली कांग्रेसमा प्रबेश गरेको नवप्रेबेसी प्रेम बहादुर खड्का "हरिचन्द्र"ले बताए।
पछिल्लो समय सिन्धुपाल्चोकमा संगठन बिस्तार संगसंगै बिकास निर्माणको काममा तीव्र रुपमा कांग्रेस लागिपरेको जिल्ला सभापति लामाले बताए। आम नागरिक कम्युनिष्टको झुटबाट आजित भइसकेको उनले बताए ।