एजेन्सी । इटालीले चीनसँग गरिएको बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) प्रोजेक्टमा सम्झौता गर्नु ठूलो भुल भएको बताएको छ । युरोपेली मामिलाका लागि इटालीयन विदेशमन्त्री भिसेन्जो एमेन्डोलाले यस्तो बताएको इटालीका स्थानिय मिडियाले जनाए लगत्तै उनको अभिव्यक्तिसँगै सामाजिक संजालमा समेत निकै चर्चा भएको छ। सामाजिक संजालका प्रयोगकर्ताहरुले समेत बीआरआईलाई चिनियाँ उपनिवेशको अस्त्र बताएका छन् ।
यसअघि २३ मार्च सन् २०१९ मा जी ७ मध्येको एक इटाली औपचारिक रुपमा चिनियाँ परियोजना बीआरआईसँग जोडिएको थियो । तर, चीनले विश्वभर आफ्नो विस्तारवाद र व्यापार दमनका लागि परियोजना अघि सारेको कुराको पर्दाफास हुन थालेसँगै धेरै देशहरुले यसको विरोध गर्न थालेका छन् ।
इटालीले हिजोमात्रै चिनियाँ परियोजनामा सामेल हुनु गल्ती भएको ताएको हो । युरोपेली मामिलाका मन्त्री एमेन्डोलाले भनेका छन्, 'चीनसँगको बीआरआई सम्झौता एक गल्ती थियो । अब चीन पहिलाको जस्तो चीन छैन् ।'