arrow

उपत्यकामा सत्र सय दुईसहित तीन हजार त्रियानब्बेमा संक्रमण, आठ जनाको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
ministry-covid-corona-press-meet.jpg

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण तीन हजार तिरानब्बे जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षणका क्रममा तीन हजार तिरानब्बे जनामा संक्रमण छ ।  तीमध्ये एक हजार १७४  महिला र एक हजार ९१९ पुरुष  छन् । 

काठमाडौँ उपत्यकामा सत्र सय दुई जनामा संक्रमण देखिएको छ । काठमाडौंमा एक हजार ४३१ , भक्तपुरमा १४८  र ललितपुरमा १२३ जनालाई संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार देखिएका संक्रमितसंगै देशभरि कुल संक्रमित एक लाख  ३९ हजार १२९ र  सक्रिय संक्रमित ४१ हजार ७७५ जना रहेको जानकारी दिए ।   

यस्तै देशभरका संस्थागत आइसोलेशनमा १३ हजार ५५९, होम आइसोलेशनमा २८ हजार १८६ र क्वारेन्टिनमा चार हजार २२० जना  छन् । मंगलबारसम्म १३ लाख १४ जनाको ७७९ पिसिआर परीक्षण गरिएको छ ।

डा गौतमका अनुसार मंगलबार दुई हजार १०८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।  हालसम्म ९६ हजार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ । उनले अहिलेसम्म ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिए । 

सोअनुसार प्रदेश नं १ मा १६, प्रदेश नं २ मा एक, वाग्मती प्रदेशमा ४९, गण्डकीमा चार, लुम्बिनीमा पाँच र सुदूररपश्चिम प्रदेशमा तीन जना  छन् ।
 
देशभर २७३ जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । सोअनुसार प्रदेश नं १ मा ३०, प्रदेश नं २ मा १०, वागमतीमा १५०, गण्डकीमा २०, लुम्बिनीमा ४८, कर्णालीमा सात र सूदूरपश्चिम प्रदेशमा आठ जना  छन् । 

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत  छन् । यस्तै संक्रमित शून्य रहेका जिल्लामा मुस्ताङ  छ । 

यसैगरी मंगलबार आठ जनाको संक्रमणको कारण ज्यान गमाएको  डा गौतमले जानकारी दिए  । अहिलेसम्म ७६५ जनाको संक्रमणको कारणले निधन भएको  छ । 



लोकप्रिय समाचार
नयाँ