धरान ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार साँझ थप एक संक्रमितको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका वडा नं १६ का ९० वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनलाई गत असोज ३० गते कोरोना पोजेटिभ भएको थियो ।
उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत रहेका उनलाई यही कात्तिक १ गते अस्पताल भर्ना गरिएको थियो ।
मंगलबार बिहान इटहरीका एक संक्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो ।
यससँगै प्रतिष्ठानमा कोरोना संक्रमणले मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।