arrow

सिजी ब्राण्डका ‘कुशल स्वास्थ्य असल पर्व’ योजनाका विजेताहरु घोषित

logo
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
cg-lucky-draw.jpg

काठमाडौं। नेपालको सबैभन्दा ठूलो ब्रान्ड सिजीले दशैं तिहार पर्वलाई लक्षित गरी ल्याएको ‘कुशल स्वास्थ्य असल पर्व’ नामक योजनाका विजेता घोषणा गरेको छ। जब घर परिवार स्वास्थ्य हुन्छ तब पर्व र उत्सवको मज्जा हुन्छ भन्ने सिजी ब्रान्डको विश्वास रहेको भन्दै सीजीले विजेता सार्वजनिक गरेको हो।

सिजीले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘त्यसैले योजनाको नाम कुशल स्वास्थ्य असल पर्व राखिएको छ। जस अन्तर्गत कुनै पनि सिजी ब्रान्डका स्वच्छ र स्वस्थ्य घरायसी सामानहरुको खरिदमा हात खाली नजाने पक्का उपहारहरुका साथै आकर्षक छुटहरु पनि प्राप्त गर्न सक्नु हुनेछ।’

सिजी ब्रान्डले आफ्ना ग्राहकहरुलाई बिभिन्न डिजिटल क्याम्पियन मार्फत धेरै ग्राहकलाई पुरस्कृत गरेको छ। यसपालि पनि केही विजेताहरु फेसबुकमा भएको डिजिटल क्याम्पियनद्धारा पुरस्कृत भएका छन्। यी पुरस्कृतहरुमध्ये वड पज्जल कन्टेस्टमा ऋतु सिलाकर र राजिव झा, गेस एण्ड वीनमा सुशील बन्जारा र सुरक्षा श्रेष्ठ भाग्यशाली बिजेता चुनिएका छन्।

उनीहरुले सिजी ब्रान्डको तर्फ़बाट सि.जी.कै प्रेसर कुकर, भ्याकुम फ्लाक्स, आईरन र प्यान उपहारहरु प्राप्त गरेका छन्।

अझै धेरै आकर्षित चुनौतीहरु सिजी ब्रान्डको फेसबुक पेजमा पोस्ट गरिएको भन्दै सिजीले ‘आउनुहोस्, जोडिनुहोस् र यो पर्वलाई सिजी ब्रान्डका साथ उत्सव मनाउनुहोस्’ भनेको छ।



लोकप्रिय समाचार
नयाँ