arrow

अर्काको घरको तस्विर देखाएर रकम लिएका तारकेश्वर ५ का वडा अध्यक्ष गजुरेलले गरे रकम फिर्ता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
tarakeshwor-5-ward-chair.jpg

नुवाकोट । तारकेश्वर गाउँपालिकामा नेकपाबाट निर्बाचित ५ न वार्ड अध्यक्ष चुडामणी प्रसाद गजुरेलले गाउँपालिका प्रमुख रमेश बहादुर वस्तीको मिलेमतोमा भुकम्प पिडितले पाउने राहतमा किर्ते गरि रकम लिएपनि रकम फिर्ता गर्न वाध्य भएका छन् ।एकाघर बस्ने आफ्नो आमाको नाममा राहत रकम लिइसके पनि वडा अध्यक्ष चुडामणी प्रसाद गजुरेलले आफ्नो नाम पनि लाभग्राहीमा हालेका थिए ।

चरम विवाद हुँदाहुँदै पनि राजनीति शक्तिको आडमा उनी नाम हाल्न सफल भएपनि सर्वत्र विरोध सहित हाम्राकुरामा समाचार आएपछि उनी जिल्ला आयोजना कार्यान्वयन इकाईमा रकम बुझाउन वाध्य भएका हुन् । स्थानियहरुको बिरोधका बाबजुद लाभग्राहीमा नाम राखेर घरनै नबनाइ अर्कै लाभग्राहीको डीपीसी गरेको घरको तस्विर राखि रकम निकासा गराएका उनको समाचार हाम्राकुराले प्रकाशन गरेको थियो । गजुरेल भएकै घरको तस्विर राखि मन्सुरी तामाङले दोस्रो किस्ता रकम लिइसकेकी थिइन् । नयाँ इन्जिनियर आएको मौका छोपि अध्यक्षले पुन सोहि घरमा बसेर फोटो खिचाइ घरै नबनाइ दोस्रो किस्ता रकम समेत लिएका थिए । 

यसैबीच नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका वडा नम्बर ५का वडाअध्यक्ष भिम बहादुर तामाङले किर्ते गरि सरकारी राहत रकम निकालेर अपचलन गर्न उद्यत गजुरेललाई कार्वाही गर्न माग गरेका छन्। मिडिया तथा नागरिकले कुरा उठाएपछि भ्रष्टाचार गरेको रकम फिर्ता गरेपनि उनको नियत उदाङगिएको भन्दै उनलाई कार्वाही गर्नुपर्ने अध्यक्ष तामाङले विज्ञप्ती निकालेर बताएका हुन् ।  

वडाध्यक्ष गजुरेलले बुधसिङ घाटमा रहेको घरबाट पनि मुआब्जा लिएका थिए । गल्छि त्रिसुली सडकबाट उनले मुआब्जा लिएको जनाउँदै स्थानियहरुले राजनीतिकै आडमा उनले तीन ठाउँबाट फाइदा लिन सफल भएको बताएका थिए । नीजले इन्जिनियरहरुलाई थर्काइ थर्काइ यस्तै नक्कली काम मात्रै नै धेरै गर्दै आएको स्थानियको गुनासो छ । स्थानिय जनताले नुवाकोट जिल्ला प्रसासन कार्यालय र जिमालिमा समेत उजुरी दिएका छन् । निबेदनमा किर्ते र ठगी केस लगाउनु पर्ने माग रहेको छ । प्रशासनले कार्बाही नगरे कार्यलय चल्न समेत नदिने स्थानियहरु बताउँछन् ।



लोकप्रिय समाचार
नयाँ