काठमाडौं । कोरोना भाइरसको महामारीका संक्रमित एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी थपिएका छन् । बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख ३६ हजार १४२ जना संक्रमित थपिएका छन् ।
यसअघि दैनिक ४ लाख १३ हजारसम्म कोरोना संक्रमित बढेका थिए । बुधबार अमेरिकामा ६२ हजार ७५६ जना थपिएका छन् । अहिलेसम्म ८५ लाख ८३ हजार ९१२ जना संक्रमित भएका छन् भने बुधबार थपिएका १ हजार २१५ सहित २ लाख २७ हजार ३९९ जनाको ज्यान गएको छ ।
दोस्रो स्थानको भारतमा बुधबार ५६ हजार संक्रमित थपिए । ७९ हजार ३४२ जना कोरोनामुक्त भए । एकैदिन २३ हजार ३४२ जना बढी संक्रमित घटेका हुन् । भारतमा कोरोनामुक्त हुनेको दर दिनानुदिन बढ्दो क्रममा रहेको छ । हाल भारतमा ७ लाख १५ हजार ३२७ जना मात्र सक्रिय संक्रमित छन् ।
बुधबार ७०३ जनाको ज्यान जाँदा जम्मा ज्यान गुमाउने १ लाख १६ हजार ६५३ जना पुगेका छन् ।
तेस्रो स्थानको ब्रजिलमा बुधबार २५ हजार ८३२ संक्रमित थपिँदा ५७१ जनाको ज्यान गयो । ५३ लाख ६४९ जना संक्रमित हुँदा १ लाख ५५ हजार ४५९ जनाको ज्यान गइसकेको छ ।
चौथो रुसमा १४ लाख ४७ हजार ३३५ संक्रमित हुँदा बुधबार १५ हजार ७०० थपिए । मृतक ३१७ थपिएर २४ हजार ९५२ पुगेका छन् ।
पाँचौं स्पेनमा १६ हजार ९७३ जना संक्रमित थपिएर १० लाख ४६ हजार ६४१ जना पुगेका छन् । मृतक १५६थपिएर ३४ हजार ३६६ पुगेका छन् ।
छैटौं अर्जेन्टिनामा १८ हजार ३२६ संक्रमित थपिएर १० लाख ३७ हजार ३२५ पुगेका छन् । मृतक ४१९ थपिएर २७ हजार ५१९ पुगेका छन् ।
सातौं कोलम्बियामा ७ हजार ५६१ जना संक्रमित थपिएर ९ लाख ८१ हजार ७०० जना पुगेका छन् । मृतक १९२ थपिएर २९ हजार ४६२ पुगेका छन् ।
आठौं फ्रान्समा २६ हजार ६७६ संक्रमित थपिएर ९ लाख ५७ हजार ४२१ पुगेका छन् । मृतक १६३ थपिएर ३४ हजार ४८ जना पुगेका छन् ।
११ औं स्थानको बेलायतमा २६ हजार ६८८ जना संक्रमित थपिएर ७ लाख ८९ हजार २२९ पुगेका छन् । मृतक १९१ थपिएर ४४ हजार १५८ पुगेका छन् ।
१६ औं स्थानको इटालीमा १५ हजार १९९ संक्रमित थपिएर ४ लाख ४९ हजार ६४८ पुगेका छन् । मृतक १२७ थपिएर ३६ हजार ८३२ पुगेका छन् ।
१८ औं स्थानको जर्मनीमा १० हजार ४५७ जना संक्रमित थपिएर ३ लाख ९१ हजार ३५५ जना पुगेका छन् । ४४ मृतक थपिएर ९ हजार ९९९ पुगेका छन् ।
३४ औं स्थानमा पुगिसकेको नेपालमा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ५ हजार ७४३ जना संक्रमित थपिएर १ लाख ४४ हजार ८७२ पुगेका छन् ।
बुधबार एकैदिन मृतकको संख्या ३१ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।