दार्चुला । दार्चुलामा दशैंका बेलामा एक वृद्धले झुण्डिएर आत्महत्या गरेका छन् । महाकाली नगरपालिका— १ मलेरा घरभई हाल महाकाली —५ मोहती बस्दै आएका अन्दाजी ६० वर्षीय दिलिप सिंह बडालले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।
बुधबार राति करिब ८ बजेतिर मोहतीस्थित भतिजा करन सिंह बडालको घरमा उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।
घटनास्थलमा प्रहरी खटिइ मुचुल्का तयार पारिहेको तथा पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।