काठमाडौं । कोरोना भाइरसको महामारीका बेलामा जनताको साथमा हुनुपर्ने केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले अभिभावकीय भूमिका खेल्न नसकेपछि सर्वत्र आलोचित भइरहँदा प्रतिवन्धित दल नेपाल कम्युनिष्ट पार्टीले पनि अपत्ति जनाएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर्न माग गर्दै विरोधका विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै विप्लव समूहले कार्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुस निकाल्ने जनाएको छ ।
विप्लव समूहले कोरोनाको स्वास्थ्य जाँच र उपचार निःशुल्क गर्न माग गर्दै कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर्न तथा भ्रष्टाचारीलाई कार्वाही गर्न माग समेत गरेको छ ।