arrow

तेह्र खसीबाख्रा चितुवाले मार्‍यो, प्रतिकारमा उत्रेका तीन स्थानीय घाइते

logo
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
leopard-attack.jpg

किमाथाङ्का । सङ्खुवासभाको धर्मदेवी नगरपालिका –४ मा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा धर्मदेवी–४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली छन् ।

 धर्मदेवी–४ का वडाध्यक्ष अनिरुद्रसिंह लिङ्खाका अनुसार बिहिबार बिहान ९ बजे हुम्लिङ पसेको चितुवाले गाउँभरिका बाख्रा मार्न थालेपछि स्थानीयवासीले प्रतिकार गरेका थिए ।  प्रतिकार गर्नेक्रममा घाइते भएकामध्ये धनबहादुर र श्रीपालीको अवस्था गम्भीर रहेको वडाध्यक्ष लिङ्खाको भनाइ छ ।

चितुवाले हुम्लिङमा १३  खसीबाख्रा पनि मारेको छ ।  श्रीपालीका सात, जसबहादुर लिङ्खाको एक र  लीला श्रीपालीका पाँच बाख्रा मारिएको उनले जानकारी दिए । 

घाइतेलाई उपचारका लागि नगरपालिकाको गाडीमार्फत प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएको धर्मदेवीका नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ