एजेन्सी । रानी मुखर्जी र ऐश्वर्या राय बच्चन बिच सन् २००३ मा शाहरुख खानको चलचित्र 'चलते-चलते' लाई लिएर मनमुटाव सुरु भएको थियो । सो चलचित्रमा ऐश्वर्यालाई रानीको कारण हटाइएको थियो । यहिबाट दुवै अभिनेत्रीबीच शीतयुद्ध सुरु भएको हो ।
सो समयका रानीका प्रेमी अभिषेक बच्चनसँग ऐश्वर्याले विवाह गरेपछि मनमुटाव अझ बढेको थियो । विवाहमा रानीलाई निमन्त्रणा समेत गरिएको थिएन । त्यसपछि अभिनेत्रीबीचको शीतयुद्ध चलेको प्रस्ट भयो ।
रानीले एक अन्तर्वार्ताको क्रममा आफुलाई विवाहमा किन निम्तो नगरेको भन्ने कुरा अभिषेकले मात्र बताउन सक्ने भनेकी थिइन् । रानीले अन्तर्वार्तामा भनिन् , " यो मेरो मतलबको कुरा भएन । तर यस कुराले हामि को-स्टार मात्र रहेको तर साथि नभएको स्पस्ट पारेको छ । रह्यो विवाहमा बोलाउने कुरा त्यो व्याक्तिगत इच्छा हो । जब म विवाह गर्ने सोच्छु तब कसलाई बोलाउने नबोलाउने म निर्णय गरिसकेको हुन्छु । "
रानी र ऐश्वर्या कुनै समयमा सबैभन्दा मिल्ने साथी थिए । अन्तर्वार्तामा रानीले सम्बन्धका बारेमा पनि बताएकी थिइन् । उनले भनिन् , " यो कुरा तपाईले ऐश्वर्यालाई सोध्नु होला । हामि सधै एक-अर्काको फ्यान हौ । "
विवाहपछि अभिषेक र रानीले कहिले पनि एक-अर्कालाई भेटेनन् । न त चलचित्र न त कुनै कार्यक्रममा । यी पूर्व प्रमि - प्रेमीका कहिले पनि साथै देखिएनन् । तर १४ बर्षपछि रानी र ऐश्वर्या दुवै दिवंगत अभिनेत्री श्रीदेवीको छोरीको पार्टीमा एउटै कार्यक्रममा देखिएका थिए ।