रुकुम पश्चिम। आठबिसकोट नगरपालिकामा एक दम्पति माथी अपरिचित व्यक्तिद्धारा आक्रमण भएको छ । नगरपालिकाको वडा नम्बर ९ का कुबेर ओली र उनकी श्रीमती बिमला केसी ओली माथी अपरिचित समुहले आक्रमण गरी घाइते बनाएको हो । बुधबार साझ ७ बजे राडिबजारतर्फ मोटरसाइकलमा आएका उनीहरुलाई पैदल आएका ३ जनाको समुहले फलामको रड, नक, लाठी समेत प्रयोग गरि घाईते बनाएको प्रहरीले जनाएको छ ।
कुबेरको श्रीमती बिमलाका अनुसार, बाइकबाट आउने क्रममा अगाडितर्फको सडक खण्डमा आठबिसकोट नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मानबहादुर चदाराका भाई मनोज चदारा र अर्जुन चदारा बाइक रोकेर बसेको बेला आफूसँग कुरा गर्न खोजेको र त्यसैबेला पछाडिबाट आएका २-३ जनाले आक्रमण गरेर भागेका हुन् । उनिहरुका सामुन्ने त्यसरी आक्रमण हुँदा वडाअध्यक्ष भाईहरुले बेवास्ता गरेको उनको दुखेसो रहेको छ ।
हिजो ५ गते आठबिसकोट नगरपालिका वडा नम्बर १० मैडाँडामा बिहानैदेखि नेकपाको दशै तिहार शुभकामना आदान प्रदान तथा पिकनिक कार्यक्रम रहेको थियो। करिब ३ सय कार्यकर्ताको सहभागिता रहेको सोहि पिकनीकबाट आक्रमणकारीहरु आएको पीडितले जनाएका छन् ।
कुबेरको अनुहार, टाउको, ढाड र खुट्टामा गहिरो चोट लागेको छ । अवस्था गम्भीर भएपछि उनलाई राति नै थप उपचारको लागि कोहलपुर लगिएको छ । घटना संलनहरुको खोजि भैरहेको प्रहरीले जनाएको छ । कुबेरले केही महिना अघि नेकपा बिप्लव समुह त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
यसअघी नेकपाका केहि कार्यकर्ताहरुले कार्तिक १ गते आठबिसकोट नगरपालिकाको राडि बजारको बोहोरा होटलमा बास बसेका सोहि नगरपालिका ३ का लक्ष्मण बोहरालाई सुतेको बेला ज्यान मार्ने सम्मको नियत राखि सिडियोकै अगाडी आक्रमण भएको थियो।