धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला कर्मचारीको बिहिबार उपचारका क्रममा मृत्यु भएको हो । उनलाई उच्च रक्तचापको पनि समस्या थियो ।
उनलाई गत असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको र यही कात्तिक ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।