ब्रसेल्स । बेल्जियममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कोरोनाभाइरसबाट संक्रमित भएपछि गम्भीर अवस्थामा रहेकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार गराइएको छ । पूर्व प्रधानमन्त्री भएपनि अहिले उपप्रधानमन्त्री तथा विदेश मन्त्रीका रुपमा कार्यरत छिन् ।
उनको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरुलाई जानकारी दिएका छन्। विल्मेस बेहोस अवस्थामा नरहेको र उनको अवस्था पनि चिन्ताजनक नरहेको उनले स्पष्ट पारेका छन् ।
अहिले ४५ बर्ष एकी विल्मेसलाई बुधबार बेलुका मात्रै अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । उन आफ्नो पारिवारिक सदस्यबाट गत हप्ता संक्रमित भएकी थिइन् ।बेल्जियममा पछिल्लो समयमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको सङ्ख्या अत्यधिक बृद्धि हुदै गएको छ ।
कोरोनाभाइरसकै कारण बेल्जियममा अहिलेसम्म दश हजारभन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।