arrow

नुवाकोट त्रिशूली हस्पिटलमा ल्याबको परिणामले डाक्टर र कर्मचारी आइसोलेसनमा, पीसीआर मेशिन परीक्षणमा  

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
Trishuli-Hospital.jpg

नुवाकोट। परीक्षणको क्रममा रहेको पीसीआर मेशिनबाट स्वाब लिई त्यसैकै आधारमा त्रिशूली अस्पतालका डाक्टर, कर्मचारी र सुरक्षाकर्मीलाई ९ दिनदेखि आइसोलेसनमा राखिएको छ । डाक्टर, कर्मचारी गरी आधादर्जनलाई आधिकारिक रिपोर्ट नआउदै आइसोलेसनमा राखेको पाइएको हो। असोज २६ गते उनीहरुको स्वाब लिई २७ गते नयाँ पीसीआर मेशिनको रिपोर्टलाई आधार मानेर उनीहरुलाई तत्काल निमित्त मेडिकल सुपरिटेण्डेन्ट सुनिता केसीले आइसोलेसनमा राख्न लगाएको बताइएको छ । केहीको रिपोर्ट रिपिड दि स्याम्पल आएकालाई समेत आइसोलेसनमा राख्न भनियो । डाक्टर, कर्मचारीले त्यसको रिपोर्ट माग्दा निमित्त मिसु र डाक्टर दिपेश उप्रेतीले नदिई डाक्टर, कर्मचारीउक्त नयाँ पिसिआर मेशिनमा क्वालिटी कन्ट्रोल भनेर परिक्षणमा छ।

असोज २६ गते अस्पतालका डाक्टर, कर्मचारी लगायत ४७ जनाको स्वाब लिइएकोमा १० जनाको पोजेटिभ र ५ जना रिपिड द स्याम्पल भनेर आएको थियो । ‘एक्कै चोटी पोजेटिभ देखियो भनेर रिपोर्ट नदिई सिधै आइसोलेसनमा राखे,’ एक कर्मचारीले भने,‘रिपोर्ट माग्दा दिन मिल्दैन भने ।’ पिसिआरको आधिकारिक रिपोर्ट प्रादेशीक प्रयोगशाला धुलिखेल र राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारिकता दिएपछि मात्र आइसोलेसनमा राखिन्छ ।

ल्याब ईन्चार्ज नारायणजी राईलाई सुरुमा नेगेटिभ रिपोर्ट र पछि धुलिखेलको प्रयोगशालाबाट रिपोर्ट पोजेटिभ आयो भनेर फेसबुकबाट जानकारी गराएर उनलाई घरमा राखियो । अस्पतालका मिसु र फोकल पर्सनले त्रिशूलीको ल्यावबाट पोजेटिभ रिपोर्ट आयो भनेर आईसोलेसनमा बस्न बाध्य पारेको ती कर्मचारीले बताए । त्रिशूली हस्पिटलको ल्यावबाट आएको रिपोर्टकोई आधारमा कोरोना संक्रमित भनेर २ डाक्टर सहित ९ जना आइसोलेसनमा छन् । विरामी जाच्ने बहिरंग सेवा(ओपिडी) प्रभावित भएको छ । हस्पिटलमा दिनमा १५० देखि २ सय विरामी उपचारमा आउँछन् । डाक्टरलाई छानिछानी कामबाट विमुख गराइएको छ । पिसिआरको आधिकारिक रिपोर्ट पोजेटिभ नआउदै आईसोलेसनमा राखिएकोमा डाक्टर र कर्मचारीहरुले मिसुदेखि आक्रोसित छन् । हस्पिटलमा सरकारले विदाको दिन बाहेक डाक्टरलाई काम लगाउन भनेको छ ।

त्रिशूली हस्पिटलका निमित्त मेडिकल सुपरिटण्डेन्ट सुनिता केसीले नयाँ स्थापना गरिएको पिसिआर ल्याब संचालनमा रहेको बताइन् । ‘नयाँ पिसिआर ल्याब संचालनमा छ’ निमित्त मेडिकल सुपरिटण्डेन्ट सुनिता केसीले भनिन् । हस्पिटलको ल्यावको रिपोर्ट आधिकारिक छैन भनेर पनि कर्मचारी, चिकित्सक लगायतलाई आइसोलेसनमा बस्न भनिएकाले आइसोलेसनमा बसेका छन् । काम गर्न पाएका छैनन् । निमित्त मेडिकल सुपरिटण्डेन्ट केसीले त्रिशूली ल्याबको रिपोर्ट आधिकारिक हुदैन भन्दै डाक्टर, कर्मचारीलाई आइसोलेसनमा राखेका छन् ।

प्रादेशीक प्रयोगशालामा पठाउँदा स्वाब हरायो 
त्रिशूली ल्याबले लिएको स्वाब हराएपछि पुनः लिएको थियो । हस्पिटलले असोज २६ गते स्वाब लिएर २७ गते प्रादेशीक प्रयोगशालामा पठाएको थियो। बाटोमा स्वाब हराएपछि कातिक १ गते हस्पिटलले हतार गरेर पुन स्वाब लिन दबाव दिई स्वाब लिन भनियो। उक्त स्वाब राष्ट्रिय प्रयोगशाला टेकु पठायो । स्वाब हरायो कुरा मिसु र केही कर्मचारीले गुपचुप राखे । मिसु केसीले स्वाब धुलिखेल नपठाएको बताइन् । उनले शनिबारमात्र टेकु पठाएको बताइन् । त्रिशूली अस्पताल विकास समितिले स्बाव धुलिखेल पठाएको बतायो । स्वाब हराएको कुनै जानकारी नभएको समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए । त्यसो त भएको छैन, उनले भने, ‘पिसिआर परीक्षण भैइहेको छ । धुलिखेलमा स्वाब पठाएको छ ।’ त्रिशूली हस्पिटलको ल्यावको परिक्षणलाई बैधानिकता नपाएको उल्लेख गर्दै समितिका अध्यक्ष न्यौपानेले भने, 'पिसिआर आधिकारिक रुपमा भइसकेको छैन ।’ डाक्टर, कर्मचारीलाई आइसोलेसनमा राखिएको बारे सावधानी अपनाउन लागि परेको उनले बताए।

स्थायी कर्मचारीलाई मात्र हस्पिटलको मेडिकल सुपरिटण्डेन्ट बनाउने व्यवस्था
त्रिशूली हस्पिटलले यसअघि स्थायी स्टाफ नर्स देवकी खतिवडालाई मेडिकल सुपरिटेण्डेन्ट दिएको थियो । स्थायी डाक्टर नआउदै उनले पदभार सम्हालेकी थिइन् । स्थायी डाक्टर रेमकुमार राई आएपछि स्टाफनर्स खतिवडाले मेसु पद छोडिन्  । मेसु रहेका राई सरुवा भई कैलाली जानु अघि करारमा रहेकी आफ्नो नजिककी डाक्टर सुनिता केसीलाई हस्पिटलको मेडिकल सुपरिटण्डेन्ट(मेसु) बनाएर गए । स्थायी कर्मचारीलाई मेसु नदिएको भनेर हस्पिटलमामा डाक्टर र कर्मचारीले विरोध गरे । तर उनीहरुको सुनुवाई भएन । हस्पिटलमा स्थायी डाक्टर वा कर्मचारी त्रिशूली अस्पतालको मेडिकल सुपरिटण्डेन्ट हुने व्यवस्था छ । 

पीसीआर मेशिन
विदुर नगरपालिकालाई सोधभर्ना हुने गरी संघीय सांसद नारायणप्रसाद खतिवडाको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत उक्त असोज १५ गते पिसिआर मेशिन ल्याएर त्रिशूली अस्पताललाई बुझायो। उक्त मेशिनको लागि ५ वटा कम्पनीले टेण्डर हालेका थिए । सुरुमा उक्त मेशिन टेण्डर प्रक्रियामा कम टेण्डर हुनेलाई नदिएको भन्दै विवाद भएको थियो । उक्त मेशिन मेनका इन्टरप्राईजेजले थर्मोफिसर कन्ट्याक्कट स्टुडिओ ५ खरिद गरी नगरपालिकालाई बुझाएको प्रमुख प्रशासकीय अधिकृत सुदेव पोखरेलले बताए । ‘अमेरिकन ब्राण्डको राम्रो मेशिन हो,’ उनले भने,‘मेशिन परिक्षणमा छ ।’ मेशिन भ्याट सहित ८६ लाख रुपैयाँ लागतमा नगरपालिकाले ल्याएको जनाएको छ । 

मेशिनको टिक्काटिप्पणी नगर्न निर्देशक कार्कीको आग्रह
त्रिशूलीमा कोभिड १९ आरटी पीसीआर ल्यावको विहिबार संघीय सांसद हितबहादुर तामाङले उद्घाटन गरेका थिए । संघीय सांसद नारायणप्रसाद खतिवडाको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत उक्त पीसीआर ल्याव स्थापना भएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए । ल्याब ३ नम्बर प्रदेशको उच्चस्तरीय मेशिन भएको प्रादेशीक प्रयोगशालाका निर्देशक नारायणकाजी कार्कीले बताउँदै त्रिशूलीमा रहेको पीसीआर मेशिनको बारेमा टिक्काटिप्पणी नगर्न आग्रह गरे । 



लोकप्रिय समाचार
नयाँ