arrow

बिहिबार उपत्यकामा पन्ध्र सय बाउन्नसहित छत्तीस सय सैतीस थपिए संक्रमित

२१ जनाको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौँ । गत चौबीस घन्टामा काठमाडौँ उपत्यकामा पन्ध्र सय बाउन्न नयाँ संक्रमित थपिएका छन् । बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पन्ध्र सय बाउन्न  नयाँ संक्रमितमध्ये काठमाडौंमा बाह्र सय तिरासी , ललितपुरमा १ सय ५७ र भक्तपुरमा १ सय १२  रहेको जानकारी दिए । 

यसका साथै पछिल्लो २४ घण्टामा बिहीबार थप छत्तीस सय सैतीस जनामा कोरोना संक्रमण पुष्टि  भएको छ ।  हालसम्म संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार बिहिबार सोही अवधिमा  ३ हजार २ सय १५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्कनेको कूल सङ्ख्या १ लाख २ हजार ८ सय २० पुगेको छ । हाल क्वारेन्टिनमा  ३ हजार ७ सय ५१  छन् । 

 प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै  दशै पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड अस्पताल खुल्ला रहने जानकारी दिए ।

 २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ