काठमाडौं। काठमाडौंमा रहेका भारतीय यूवाहरुको संस्था इण्डियन युथ एशोसियसन अफ नेपालले पाकिस्तान दुतावास अगाडी प्रदर्शन गरेको छ । अक्टोर २२ लाई कालो दिवस मनाउँदै आएका उनीहरुले पाकिस्तानी सेनाले गरेको दमनको बिरोध गरेका थिए ।
सन् १९४७ अक्टोबर २२ मा पाकिस्तानी सेनाले जम्मु काश्मिरमा प्रवेश गरि स्थानिय आक्रमणकारीहरुसँग मिलेर हजारौं स्थानिय हिन्दु, शिख र मुस्लिमहरुको हत्या गरेको बिरोधमा जम्मु काश्मिर तथा बिदेशमा समेत जम्मु काश्मिरबाट पुगेका तथा अन्य भारतीयहरुले कालो दिवसका रुपमा मनाउँदै आएका छन् ।
पाकिस्तानी सेनाले गरेको नरसंहारको विरोधमा जम्मु काश्मिरमा समेत स्थानियहरुले पाकिस्तान तथा त्यहाँको सेनाको बिरोध गरेका थिए। काठमाडौंमा भने नेपालमा रहेका भारतीयहरुले पाकिस्तानी दुतावास अघी पुगी त्यहाँको सेना र सरकारको कडा आलोचना गर्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागीहरुले विगतमा भएका नरसंहारसँगै अहिले पनि पाकिस्तानमा अल्पसंख्यकहरुलाई दवाइएको हत्या गर्ने गरिएको भन्दै बिरोध जनाएका थिए । उनीहरुले हिन्दु, सिख र क्रिश्चियनहरुलाई पाकिस्तानमा बस्ने वातावरण नभएको र उनीहरुको मानवअधिकारको पनि न्यूनतम सम्मान समेत नभएको बताएका थिए ।