काठमाडौं । पोर्चुगिच फुटबल स्टार एवं युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कोरोना भाइरस परीक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । रोनाल्डोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको हो ।
परीक्षणको पछिल्लो रिपोर्ट पोजेटिभ देखिएपछि रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाउने भएका छन् । युभेन्ट्सले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा बार्सिलोनासँग आगामी बुधबार खेल्दैछ ।
यूईएफएको नियम अनुसार कोरोना संक्रमित खेलाडीको रिपोर्ट खेल भन्दा एक हप्ता अघि नेगेटिभ हुनु पर्नेछ ।