काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दशैं सन्देशमा लिम्पियाधुरा गायब भएको छ । ओलीले दशैंको शुभकामना दिँदा प्रयोग गरेको छापमा लिम्पियाधुरा बिनाको नक्सा प्रयोग गरेका हुन् ।
संसदबाट पारित भइसकेको नेपालको नयाँ नक्साको प्रयोग नगरी ओलीले पुरानै नक्साको प्रयोग गरेका हुन् । यसअघि ओलीले पाठ्यसामग्रीमा समेत पनि नयाँ नक्सा हतारिएर नछाप्न निर्देशन दिएका थिए ।
देशको प्रधानमन्त्रीले नै यसरी लिम्पियाधुरा नभएको नक्सा प्रयोग गर्नुलाई सामान्य त्रुटी मान्न नसकिने भन्दै ब्यापक आलोचना भएको छ ।
आफूले बाहेक अरुले नयाँ नक्सा सार्वजनिक गर्न नसक्ने भन्दै संसदमा ठूला ठूला भाषण गरेका उनलाई पछिल्ला समयमा देखाएको गलत हर्कतका कारण भने उनी दण्ड लायक भएको भन्दै आलोचना हुन थालेको छ ।
नेपालको संविधानविपरीत यसरी अगाडि बढ्नु उनी देशद्रोही कहलिन सक्ने गरी टिप्पणी भइरहेको छ ।