धनकुटा । नेपाली कांग्रेस धनकुटाका नेता तथा क्षेत्रिय प्रतिनिधि टाक वहादुर आङ्लाको निधन भएको छ । धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ९ निवासी आङ्ला लामो समय देखी मधुमेहबाट पिडित थिए ।
नेपाली कांग्रेस धनकुटाले शुक्रबार शोक विज्ञप्ती जारी गरी आङ्लाको निधनमा श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
आङ्ला नेपाली कांग्रेस धनकुटाका सच्चा इमानदार कर्तव्य निष्ठ निडर साहसिक नेता र एक कुशुल संगठनकर्ता थिए । उनको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईद्धारा जारी शोक विज्ञप्तीमा उल्लेख छ ।
गत महिनाको अविरल बर्षका कारण उनको घर भत्किएर उनको सात बर्षीय नातीनीको समेत निधन भएको थियो । आङ्ला द्धन्द्ध पीडित तथा पहिरो पीडित समेत थिए । निधन भएका नेता आङ्लाको श्रीमती ,एक छोरा एक छोरी छन् ।